अब १० कित्ताभन्दा कम सेयर कारोबार गर्न सहज हुने

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२ श्रावण २०८२

अब १० कित्ताभन्दा कम सेयर कारोबार गर्न सहज हुने भएको छ। अहिले पनि सेयर बजारमा दैनिक कारोबारमा १० कित्ताभन्दा कम सेयरको किनबेच गर्न पाइन्छ। १० कित्ताभन्दा कम सेयर कारोबारलाई अड लट समेत भनिन्छ।

तर, १० कित्ताभन्दा कम सेयर बिक्रीमा रहेनरहेको देखिन समस्या हुने गरेको छ। यसै समस्यालाई सम्बोधन गर्दै नेप्सेले आज (बिहीबार)बाट आफ्नो वेबसाइटको मार्केट डेप्थमा अड लट खरिद तथा बिक्री आदेश देख्न सकिने बनाएको छ।  

यसबाट आफूसँग अड लट धितोपत्र हुँदा खरिद–बिक्री गर्न नपाएको भन्ने लगानीकर्ताको गुनासो सम्बोधन हुने विश्वास नेप्सेले लिएको छ। धितोपत्र कारोबार विनियमावली, २०७५ मा अड लट कारोबार सम्बन्धी व्यवस्था छ। यस अनुसार धितोपत्रको अंकित मूल्य १० रूपैयाँ भएमा सय कित्ता, अंकित मूल्य सय रूपैयाँ भएमा १० कित्ता र अंकित मूल्य एक हजार रूपैयाँ भएमा एक कित्ताको कारोबारलाई बोर्ड लट भनिन्छ।

सेयर वा कोष तथा ऋणपत्रका इकाइ योभन्दा कम भएमा अड लट कारोबार भनिन्छ। अड लट कारोबारलाई मूल्य परिवर्तन सीमा र बजार परिसूचक गणनामा समावेश गरिँदैन। धितोपत्रधनीले बोर्ड लटमा भएको धितोपत्रलाई टुक्र्याएर अड लट बनाउन नपाउने व्यवस्था विनियमावलीमा छ।

प्रतिक्रिया

सम्बन्धित समाचार