राजालाई गाली गरेर सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्नुस् : राजेन्द्र लिङ्देन

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
चाडपर्व सकिएसँगै जनदवावका कार्यक्रमहरु...
११ कार्तिक २०८०

काठमाडौं । राजालाई गाली नगर्न र गाली गरेर अब पनि सत्तामा टिकिरहन्छु भन्ने भ्रममा नपर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आग्रह गर्नुभएको छ ।

अमेरिका भ्रमण जानुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो । उहाँले परिवर्तन ल्याएँ, परिवर्तनको संवाहक हुँ भन्ने दलहरुले राम्रो गरेर देखाउन नसकेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीले चाडपर्व सकिएसँगै जनदवावका कार्यक्रमहरु अघि सार्ने बताउनुभयो । उहाँले जनआन्दोलनका लागि पार्टीले तयारीलाई तिब्र बनाएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले दशैं, तिहार र छठ सकिनासाथ केन्द्रिय कार्यकारिणी समितिको बैठक बसेर जनदवावका कार्यक्रम तय हुने बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार