राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले काठमाडौंमा भइरहेको सडक विस्तारको विरुद्धमा संघर्ष गर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा उनले यस्तो बताएका हुन् ।>
‘उपत्यकाको गैरन्यायिक सडक विस्तार खोला नदी मापदण्डविरुद्धको संघर्ष आदि संघर्षमा हाम्रो सहभागिता भइरहेको छ,’ महतोले भने । साथै, उनले चुरे दोहन, वन विनाश तथा मधेस सरकारको बेथितिविरुद्ध संघर्ष गर्ने बताए । चुरे दोहन, वन विनास तथा मधेश सरकारको वेथितिविरुद्ध पार्टीले गरेको आन्दोनलका विषयमा परिषद् बैठकमा छलफल हुने उनको भनाइ थियो । ‘संघर्षहरूको सम्बन्धहरूमा हामी यहाँ छलफल गर्छौँ । आगामी दिनमा गरिने संघर्षका बारेमा हामी आवश्यक निर्णय लिन्छौँ । त्यस्तै, कोशी प्रदेश नाम खारेजीको संघर्ष,’ महतोले भने, ‘मधेश सरकारको बेथितिविरुद्धको संघर्ष, चुरे दोहन गिटी बालुवा उत्खनन तथा वन विनाशविरुद्धको संघर्ष, बागमती प्रदेश नाम खारेजीको संघर्ष ।’ >
विस्तारित बैठकमा अध्यक्ष महतो लगायत केन्द्रिय परिषद सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । विविध विषयमा छलफल तथा निर्णय गर्न सोमबार बसेको परिषद् बैठक मंगलबारसम्म जारी रहने पार्टीले जनाएको छ ।>>