रवि लामिछानेले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग माछा र केराको आयात रोक्न सहयोग मागे

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१५ असार २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग माछा र केराको आयात रोक्न सहयोग मागेका छन् । 

आज राष्ट्रिय धान दिवस मनाउन ओली र लामिछाने चितवन गएका छन् । विमानस्थलमा संक्षिप्त कुराकानीका क्रममा लामिछानेले माछा र केरा आयातमा रोक लगाउने अभियान चलेको बताउँदै त्यसमा सहयोग गर्न ओलीसँग आग्रह गरेका हुन् ।

"माछा र केरा चाहिँ आयात विदेशको यहाँ ल्याउन पाइँदैन भनेर अभियान चलिरहेको छ । त्यसमा तपाईंहरूको मद्दत चाहिएको छ," उनले ओलीसँग भने । 



प्रतिक्रिया

सम्बन्धित समाचार