आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य : सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२८ असार २०८०

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८०/८१ मा थप ९०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको बताएका छन् । आगामी १० वर्षभित्रमा भने २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए । सोहीअनुरुपको ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ मन्त्रालयले काम गरिरहेको उनले बताए । हाल करिब २७०० मेगावाट करिब हामीसँग उत्पादनको क्षमता रहेको छ । आगामी वर्ष थप ९०० पुर्‍याउने राखेका छौँ भने आगामी १० वर्षभित्र निकै महत्वकांक्षी योजनाको फाउन्डेसन तयार गर्न गइराखेका छौँ,” उनले भने, “२० हजार बढी मेगावाट विद्युत् उत्पादन गर्ने हाम्रो लक्ष्य राखेका छौँ । र त्योअनुसार ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ काम गरिराखेका छौँ ।”

मन्त्री बस्नेतले विद्युत्को आन्तरिक खपत क्षमता बढाउने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार