घट्यो सुनचाँदीको भाउ

लाइभ न्यूज रफतार 3749+ समाचार ( )
४ फाल्गुन २०८२

नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । हिजो आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको सुन आज सोमबार ३ हजार रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ कायम छ । आइतबार सुन तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १ सय २५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँ कायम छ ।

हिजो आइतबार चाँदी ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार