नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ स्थिर छ भने चाँदी घटेको छ। >
सोमबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। >
यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला चार हजार चार सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।>
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।>
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।>
>>