चार दिनमा ४ हजार घट्यो सुन ,१ लाख ९३ हजार ६ सय रुपैयाँ कायम

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१३ श्रावण २०८२

चार कारोबार दिनमा सुन प्रतितोला ४ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ७ गते एक लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको सुन घटेर अहिले १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आइतबार र सोमबार यहीं मूल्यमा सुनको कारोबार भएको महासंघले जनाएको छ । सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा स्थिर भएको हो । वैशाख ९ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदी भने तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२९० रुपैयाँमा कारोबार भएको चाँदी आज २२९५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार