स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ र चाँदीको १५ रुपैयाँले बढेको हो ।>
शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँ पुगेको छ । >
कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । >>