चाँदीको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको छ । गत सोमबारको उच्च मूल्य रेकर्ड बुधबार नै तोडिएको छ । यस दिन चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँ पुगेको छ ।>
यसअघि मंगलबार २ हजार १६० तथा सोमबार २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।>
सुनको भाउ भने यसअघि वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।>>