दशैंपछि तोलामा १० हजार बढ्यो सुन

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२० अशोज २०८२

दशैंपछि सुनको भाउ तोलामा करिब १० हजार रुपैयाँ बढेको छ । नेपाली बजारमा दशैंका कारण केही दिन मूल्य समायोजन गरिएको थिएन । दशैंपछि एकैपटक समायोजन हुँदा मूल्यमा उच्च वृद्धि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

दशैंअघि असोज १२ गते सुनको भाउ प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ रहेकोमा ९ हजार ९ सय रुपैयाँ बढेर आज सोमबार २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ । आइतबारको तुलनामा आज २ हजार ५ सय रुपैयाँ मूल्य बढेको हो । अघिल्लो दिन २ लाख ३० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको आजको मूल्य हालसम्मकै उच्च हो । चाँदी दशैंपछि प्रतितोला १५० रुपैयाँ बढेको छ ।

असोज १२ गते प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार २ हजार ९६० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३० रुपैयाँले चाँदी बढेको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार