सुनको भाउ तोलामा १३०० रुपैयाँ घट्यो, प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार..

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
६ मंगशिर २०८२

शुक्रबार सुनको भाउ तोलामा १३०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४३ हजार रुपैयाँ तय भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन तोलामा ८५ रुपैयाँले चाँदी घटेको छ । हिजो ३१८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३१०० मा झरेको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार