चार दिनमा सुनको भाउ प्रतितोला २७ सय रुपैयाँ घटेको छ । गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो ।>
त्यसयता मूल्य घट्ने क्रम जारी छ । आज बुधबार मूल्य १ लाख ९६ हजार ७ सय रुपैयाँमा झरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँ कम हो । चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ ।>
अघिल्लो दिन प्रतितोला २३०५ रुपैयाँ रहेको चाँदी आज २३२५ रुपैयाँ पुगेको छ ।>>