काठमाडौं । नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका विदेशमन्त्री डा. एस. जयशङ्करबीच नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने तथा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा संवाद भएको छ।
भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ का क्रममा भएको छलफलमा अर्थमन्त्री वाग्लेले सन् २०१५ को विनाशकारी भूकम्प तथा प्राकृतिक विपद्का बेला भारतले गरेको सहयोगको प्रशंसा गर्दै नेपाल भारतप्रति आभारी रहेको बताए।>
वाग्लेले विपद् व्यवस्थापन, स्वच्छ ऊर्जा, पोषणलगायत साझा चासोका क्षेत्रमा दुई देशबीच सहकार्यलाई थप व्यवस्थित र संस्थागत बनाउनुपर्नेमा जोड दिए।>
जवाफमा भारतीय विदेशमन्त्री जयशङ्करले सबै विषयमा औपचारिक संरचना आवश्यक नपर्ने उल्लेख गर्दै आवश्यकताअनुसार लचिलो र परिणाममुखी सहकार्य प्रभावकारी हुने धारणा राखे।>
नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्यलाई अझ बलियो बनाउँदै साझा चुनौतीको सामना गर्ने विषयमा दुवै नेताबीच भएको संवादलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।>>