प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक आज बस्दै

लाइभ न्यूज रफतार 3801+ समाचार ( )
१३ कार्तिक २०८३

२ कात्तिक, काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक आज बस्दै छ । बैठक आज बिहान ९ बजे सिंहदरबारमा बस्ने तय भएको छ ।गत १६ असोजमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न रास्वपा सांसद मनिष झाको नेतृत्वमा उपसमिति गठन गरेको थियो ।

यो उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन् ।

उपसमितिलाई दुई महिनाको समयसीमा दिइएको छ । निर्धारित समयभित्र प्राप्त उजुरीउपर अध्ययन गरेर प्रतिवेदन दिने उपसमितिको तयारी छ ।नेपाल प्रहरीले गत वर्ष माघमा निर्वाचन प्रहरीका लागि पोशाक खरिद गरेको थियो । त्यसक्रममा अनियमितता भएको दाबी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाइरहेका छन् ।

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना र स शस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेका थिए । दुवैतर्फ गरी कुल एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार