असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने

लाइभ न्यूज रफतार 2561+ समाचार ( )
१६ जेठ २०८१

असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने भएको छ । पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

उनले भने, ‘अहिले भारतीय लगायत पर्यटकहरूको आगमन पशुपतिनाथ दर्शनका लागि बढ्‍दै गएको छ। पर्यटकको चापलाई कम गर्न र सहज रूपमा दर्शन होस् भनेर कोषले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने निर्णय गरेको छ।’

प्रवक्ता अधिकारीका अनुसार पहिला शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार