नेपालमा देखिन थाल्यो रेमल चक्रवातको अप्रत्यक्ष असर

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१४ जेठ २०८१

बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको अप्रत्यक्ष असर नेपालको पूर्वी भागमा देखिन थालेको छ । खासगरी कोशी प्रदेशका तराई भागका जिल्लाहरु मोरङ, झापा लगायतमा बदली  भइरहेको छ ।

प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न पहिलो चक्रवातको सीधा असर भने नेपालमा नपर्ने मौसमविदहरुले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाका अनुसार रेमल चक्रवातको नेपालमा अप्रत्यक्ष प्रभाव पर्ने छ । यसको अप्रत्यक्ष असरले सोमबार र मंगलबार नेपालका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहने मौसमविदले बताए ।

मौसमविदका अनुसार रेमल चक्रवात नेपालको पूर्वी भूभागभन्दा बाहिर नै भएर बहने छ । यसको बाहिरी घेराका केही बादलमात्र नेपालसम्म आइपुग्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार