प्रतिवेदन फुलकोर्टमा नराखेको भन्दै प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई अध्यक्ष गोपालकृष्ण घिमिरेको प्रश्न

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१८ असार २०८०

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायलय शुद्धीकरणका लागि तयार भएको प्रतिवेदन फुलकोर्टमा नराखेको भन्दै प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रश्न गरेका छन् ।

‘प्रधानन्यायाधीशज्यू, तपाईं न्यायाधिश हुँदा तपाईंको नेतृत्वमा जुन प्रतिवेदन बनेको थियो जसमा नेपाल बार र सर्वोच्च बारको पनि प्रतिनिधित्व भएको थियो । त्यो प्रतिवेदन कार्यान्वयनका लागि नेपालको सर्वोच्च अदालतको फुलकोर्टमा किन त्यो प्रतिवेदन राख्नु हुन्न। किनभने त्यो प्रतिवेदनले भष्ट्रचारको विरोध गरेको छ।

त्यो प्रतिवेदनले न्यायलयको सुधारको कुरा गरेको छ। त्यो भ्रष्टचार विरोधी प्रतिवेदनलाई अंगिकार गर्नलाई इमान्दार न्यायकर्मीलाई के ले छेक्यो’, ललितपुर जिल्ला अदालत परिसरमा आयोजित विरोध सभामा बोल्दै उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार