हरिद्वार-मनसादेवी मन्दिरमा भागदौड हुँदा कम्तीमा ६ को मृत्यु

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१२ श्रावण २०८२

भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भागदौडमा अन्य धेरै घाइते भएका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री सिंहले घटनाबारे न्यायिक छानबिन गर्न निर्देशन दिएका छन् । उत्तराखण्ड सरकारले भागदौडमा परी ज्यान गुमाएका मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ । साथै घाइतेहरूलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको छ । मन्दिरमा ठूलो मात्रामा पुगेका श्रद्धालुबीच भागदौड मच्चिएको थियो। पुलिसका अनुसार मन्दिरको बाटोको सिंढीमा करेन्ट प्रवाह भइरहेको भन्दै अफवाह फैलिएपछि मानिसहरु भागदौडमा सामेल भएका थिए।

मनसा देवी मन्दिर हरिद्वारमा रहेको शिवालिक पहाडमा रहेको बिल्व पर्वतमा रहेको छ। यो मन्दिर पुग्दा १.५ किलोमिटर चढ्नुपर्दछ। विकल्पमा रोपवेको पनि व्यवस्था गरिएको छ। प्रत्यक्षदर्शीले भने अत्याधिक भिडका कारण मानिसहरुले तार समाएर हिडेको र तार चुँडिएपछि करेन्ट प्रवाह भएको भन्दै भागदोड मच्चिएको बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार