रेड पान्डा चोरेर हाले झोलामा , कराउन थालेपछि झोला फालेर फरार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२१ जेठ २०८२

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको रेड पान्डा तेस्रो प्रयासमा चोरी गरेर उम्कन खोज्नहरू अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् ।

परिसरको हिरासतमा धादिङबेशी घर घएका २१ वर्षीय कृष्ण गुरुङ र भारत बिहार राज्य वैशालीका २६ वर्षीय मोहमद तफिक छन् । यही घटनामा संलग्न भएको आरोपमा लागेका दुई भारतीय भने अहिलेसम्म फरार छन् । उनीहरूको पहिचान भएको प्रहरीले दाबी गरेको छ, तर उनीहरू पक्राउ पर्न सकेका छैनन् । उनीहरूले दुई पटकसम्म चिडियाखाना गएर रेकी गर्दै तेस्रो प्रयासमा रेड पान्डा चोरेर झोलामा समेत प्याक गरिसकेका थिए ।

मध्यराति चिडियाखानाबाट रेड पान्डा चोरेर झोलामा समेत प्याक गरेका उनीहरू रेड पान्डा कराउन थालेपछि झोला फालेर फरार भएको पाइएको ललितपुर परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । ३० वैशाखको राति १० बजेतिर चिडियाखानाबाट रेड पान्डा चोरीको प्रयास भएको सूचना परिसरमा आएको थियो त्यसपछि परिसरको टोली चिडियाखाना पुगेको थियो । घटनास्थलबाट पेचकस, रेड पान्डाको भुत्लासहितको झोला एक जोर जुत्ता समेत प्रहरीले बरामद गरेको थियो ।

थप अनुसन्धान गर्ने क्रममा सीसीटीभी फुटेज केलाएको प्रहरी यो घटनाका आरोपितसम्म पुग्न सफल भएको हो । पक्राउ परेका तफिक स्वम्भूमा चराचुरुङ्गीको व्यापार गर्दै आएका थिए । सीसीटीभी फुटेज पच्छ्याउँदै गएको प्रहरीले उनीहरुलाई स्वयम्भूबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार