नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यको अवकाश भएको छ ।>
प्रहरी नियमावली २०७१ मा उल्लेख भएको एआईजीको ५६ वर्षे उमेरहदका कारण उनको अनिवार्य अवकाश भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले १० जेठबाट आचार्यको अवकाश भएको बताए । एआईजी आचार्यलाई आज आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले बिदाइ गर्ने कार्यक्रम रहेको छ । आचार्य एआईजी बढुवा भएपछि कार्य विभागमा कार्यरत थिए ।>
उनको ठाउँमा रिक्त हुने पदका लागि यसअघि नै डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस भइसकेको छ ।>>