विमानस्थलबाट बरामद भएको करिब एक क्विन्टल सुनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता भएको आरोप : गोपाल भट्टराई

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
४ श्रावण २०८०

राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले विमानस्थलबाट बरामद भएको करिब एक क्विन्टल सुनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता भएको आरोप लगाएका छन् ।

राष्ट्रियसभा बैठकमा बोल्दै उाले गृहमन्त्री श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत जोडिएको बताए ।

उनको भनाइ जस्ताको तस्तैः

हाम्रो देशमा तस्करहरूले राज्य संचालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको छ । बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थालेजस्तो देखिएको छ। पावरमा भएकाहरू जोडिँदासमेत छानविन भएको छैन । जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ ।

भर्खरै समातिएको करिब एक क्विन्टल सुनको बारेमा पूर्वसभामुख र गृहमन्त्रीको समेत नाम जोडिएर समाचारहरू आएका छन्। सुन भित्र्याउँदा मोटरसाइकल र स्कुटरको ब्रेक सू भनेर भन्सार छली भएको छ। यो एक, डेढ महिना यही प्रक्रियाबाट चारपाँच पटक भित्रिएको भन्ने सुनिएको छ। अब निष्पक्ष छानबिन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन। हेर्न बाँकी छ।


प्रतिक्रिया

सम्बन्धित समाचार