गायक कुमा सागरलाई गिज्याएको आरोपमा कमेडियनसहित ४ विरुद्ध प्रहरीमा उजुरी

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
६ फाल्गुन २०८१

गायक कुमा सागरलाई गिज्याएको आरोपमा कमेडियनसहितका ४ विरुद्ध प्रहरीमा उजुरी परेको छ । कमेडियनहरू सजन श्रेष्ठ र उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान, गायक सुजन जिम्बाविरुद्ध नेवार समुदायका १५ जना व्यक्तिले काठमाडौं प्रहरी परिसरमा उजुरी दिएका हुन् ।

उजुरीमा नेवारी संस्कृति र परम्परालाई आँच आउने भाषाको प्रयोग गरिएकाले कार्वाहीको माग गरिएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिल बोहराले उजुरी दर्ता भएको बताए । ‘यो जाहेरी चाहिँ होइन । निवेदन हो’ उनले भने । विवादबारे दुबै पक्षलाई राखेर छलफल चलाइने प्रवक्ता बोहराले बताए । निवेदन दर्ता गर्न नेवारी समुदायका व्यक्तिहरू नाराबाजी गर्दै प्रहरी परिसरमा पुगेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले चार जनाविरूद्ध ठाडो निवेदन आएको बताए।

'भाषा, संस्कृति र आस्थामा चोट पुग्ने गरी अभिव्यक्ति दिएको भनेर आउनुभएको थियो। यस विषयमा हामी छलफल गराउँछौं। उहाँहरूले क्षमायाचना गर्नुहुन्छ कि के गर्नुहुन्छ, त्यहीअनुसार अगाडि बढ्छौं,' प्रवक्ता बोहोराले भने।

प्रतिक्रिया

सम्बन्धित समाचार