संसद् भवनको खाली जग्गामा जलेका गाडीहरू स्टोर

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२३ अशोज २०८२

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार लगायत विभिन्न सरकारी कार्यालयमा जलाइएका गाडीहरू संघीय संसद् भवन परिसरमा लगेर राखिएको छ ।

केही दिनदेखि नै जलेका गाडीहरू संसद् भवन परिसरको चौरमा लगेर राखिएको छ । संसद्सहित काठमाडौंका धेरै कार्यालयमा सवारीहरू जलेका थिए । अहिले ती कार्यालयहरूबाट जलेका गाडीहरू संसद भवनमा लगेर स्टोर गरिएको छ ।

के कति सवारी साधनमा क्षति पुगेको भन्ने विवरण संकलन भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार