कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
४ पौष २०८१

जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर  बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो ।

बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुादा ८ विकेट गुमाएर पूरा गरेको हो । जनकपुरले अब उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल शनिबार हुनेछ । सुदूरपश्चिमले जनकपुरलाई नै क्वालिफायर वानमा पराजित गर्दै फाइनल पुगेको थियो । जनकपुरका लागि जिमी नीशमले १७ बल खेल्दै २ चौका र ५ छक्काको मदतमा सर्वाधिक ४५ रन बनाए ।शेर मल्लले अविजित १६ रन जोडे ।

शेरले १० बल खेल्दा १ छक्का प्रहार गरे । हर्श थाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन जोडे । बलिङमा कर्णालीका विपिन प्रसाद शर्माले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र जिसन मक्सुदले समान १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार