गोली हानेर नियन्त्रणमा लिइएका २ जनालाई ट्रमा पठाइयो

लाइभ न्यूज रफतार 3757+ समाचार ( )
२८ जेठ २०८२

लागुऔषध कारोबारको गरेको सूचना पाएपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिइएका दुई जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ ।

ट्रमा सेन्टरमा उपचार हुनेहरूमा भारत पश्चिम बंगाल घर भएका ४० वर्षीय सशीक आलम र सोही ठाउँका १८ वर्षीय मोहमद मञ्जियार छन् । उनीहरू दुवै जनालाई घुँडामुनि गोली लागेको छ । प्रहरीका अनुसार मञ्जियारलाई दुई र सशीकलाई एक गोली लागेको छ । दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ । यही समूहका दुई जनालाई भने लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले हिरासतमा रोखको छ । हिरासतमा रहनेमा १८ वर्षका भारतीय नागरिक सुमीतकुमार र भारतकै २५ वर्षीय चन्दनकुमार छन् । सुरुमा प्रहरीले दुई जनालाई सुन्धाराबाट पक्राउ गरेको थियो ।उनीहरूकै सूचनाका आधारमा अपरेसन गर्दा टोखाको ग्राण्डी नजिक थप दुई भारतीय लागुऔषध कारोबारी फेला परेको ब्यूरोका एसएसपी कृष्ण कोइरालाले बताए ।

सुरुमा प्रहरीले चार राउन्ड हवाई फायर गर्दै उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर पनि उनीहरू फरार भएको प्रहरीले बताएको छ । त्यसपछि प्रहरीले घुँडामुनि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार