बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने जाने नेपाली यू-२० राष्ट्रिय महिला टोलीलाई बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार एक कार्यक्रम आयोजना गर्दै यू-२० टिमलाई बिदाई गरेको हो ।>
एन्फा मुख्यालयमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायतले नेपाली टोलीको बिदाइ गरे । साफ यू-२० महिला फुटबल च्याम्पियनसिप जुलाई ११ देखि सुरु हुनेछ । च्याम्पियनसपमा नेपाल, आयोजक बंगलादेशसहित श्रीलंका र भुटानको सहभागिता छ । चार टिम मात्र सहभागी भएकोले डबल राउण्ड रोविन लिगको आधारमा खेलहरु हुनेछ । पहिलो खेलमा नेपालले भुटानसँग ११ जुलाइमा खेल्नेछ । दोस्रो खेलमा नेपालले १३ जुलाईमा बंगलादेशसँग, त्यसपछि नेपालले १५ र १७ जुलाईमा श्रीलंकासँग तथा १९ जुलाईमा भुटान र २१ जुलाईमा बंगलादेशसँग खेल्ने छ । यो प्रतियोगिता एएफसी यू-२० महिला एसियन कप छनोटको तयारीको रुपमा रहेको एन्फाले जनाएको छ । >
नेपाली टोली : लीला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सिता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर>>