रास्वपा केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१८ फाल्गुन २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।

केन्द्रीय सदस्य थापा अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको पार्टीलाई जानकारी प्राप्त भएको रास्वपा नेता मनिष झाले जानकारी गराए । थापाले यसअघि नै आफू पार्टीको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएको पनि झाले जानकारी गराएका छन् ।

‘मोहन थापाजीले यस अगावै नै आफूले केही व्यक्तीगत कानुनी प्रक्रियाहरू स्पष्ट र समाधान गर्नु छ र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर जानुभएको थियो,’ झाले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार