थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१० जेठ २०८२

थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपालले बैंककमा दुई खेल खेल्ने तालिका रहेको छ। पहिलो खेल मे ३० मा बन्द रंगशालामा हुनेछ। जुन २ मा हुने खेल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण हो । दुवै खेल नेपालले एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ छनोट प्रतियोगिताको तयारीका लागि खेल्न लागेको हो। छनोट  जुन ४ देखि सुरु हुँदैछ ।

छनोट प्रतियोगितामा नेपाल समूह 'एफ' मा छ। समूहमा नेपालले आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।  समूह विजेता हुन सके नेपाल सन् २०२६ मा हुने एसियन कपमा छनोट हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार