पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको,जिल्ला भनेर चिनिने रामेछापमा यस वर्ष फलेका पर्याप्त उत्पादन भएपछि किसान उत्साहित भएका हुन् ।>
यो वर्ष जुनारका लागि उचित हावापानी भएकाले विगतको तुलनमा उत्पादन बढेको स्थानीय कृषक बताउछन् । पन्ध्र रोपनी जग्गामा लगाएको करिब ३०० बोटमा फलेका जुनार बिक्रीबाट रु तीन लाख आम्दनी हुने अपेक्षा गरिएको रामेछाप नगरपालिक–७ का कृषक रामकुमार कार्कीले बताए।जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट तयार गरिएको पेयपदार्थ) बनाएर भण्डार गर्न किसान जुटेका छन् । >
उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष जुनारका दाना केही साना भएपनि उत्पादन बढेको छ । बगैँचाबाटै प्रतिकिलो रु ५० देखि रु ६० मा बिक्री भइरहेको छ, बजारका लागि समस्या छैन ।’>
>>