आयोगको सिस्टमले थेग्न सकेन, मतदाता नामावली दर्ता गराउन सकस

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२९ कार्तिक २०८२

राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न सुरु गरे पनि अनलाइन सिस्टममा समस्या आएको छ ।

बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न थालिएको थियो । तर एकैपटक धेरै सेवाग्राहीले आवेदन दिँदा सिस्टममा समस्या आएको आयोगले जनाएको छ । ‘सेवाग्राहीको धेरै चाप भयो । सिस्टममा ह्याङ भएको छ,’ आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले भने, ‘आईटी विज्ञको टोलीले काम गरिरहेको छ ।’

उनका अनुसार अहिले राष्ट्रिय परिचयपत्रको विज्ञ र आयोगको आईटी टिमले बनाउने काम गरिरहेको छ । ‘विज्ञको टोली खटिएको छ । सेवाग्राही धेरै भएकाले सिस्टमले थेग्न नसकेको र स्लो भएको हो,’ उनले भने ।

मतदाता नामवलीमा नाम दर्ता गर्न समस्या आएको सेवाग्राहीले पनि गुनासो गरेका छन् । लामोसमयसम्म प्रयास अनलाइनबाट आवेदन दिँदा पनि आवेदन स्वीकृत नभएको सेवाग्राहीको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार