सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्यो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२४ वैशाख २०८१

सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

सोमबार भने १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ स्थिर रहेको थियो । सुनको भाउले वैशाख ९ गते प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ ।

आइतबार प्रतितोला १ हजार ६४० मा कारोबार भएको चाँदी सोमबार १ हजार ६६० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार