मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको बढेको छ । सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ तोकेको छ । >
कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सार दर घटाउनु र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो ।>
चाँदीको भाउ प्रतितोला १० रुपैयाँले महँगिएको छ । अघिल्लो दिन प्रतितोला १७९५ रुपैयाँ रहेको चाँदी यस दिन १८०५ रुपैयाँ पुगेको छ ।>>