सन्दीप लामिछानेविरुद्धको मुद्दामा सजाय निर्धारणका लागि वहस जारी रहेको छ ।>
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलास बहस भइरहेको हो । सन्दीप विरुद्ध गौशला–२६ ९परिवर्तित नाम० ले बलात्कार मुद्दा दायर गरेकी थिईन् । सन्दीप उक्त मुद्दामा दोषी ठहर भइसकेका छन् ।
>
गौशला–२६ पक्षका कानुन व्यवसायीहरुले उनलाई अधिकतम सजाय हुनुपर्ने जिकिर लिइरहेका छन् भने सन्दीप पक्षका कानुन व्यवसायीहरुले न्युनतम सजाय तोकिनुपर्ने भन्दै वहस गरिरहेका छन् ।
>
उनले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९१० विपरीत अपराध गरेको ठहर भएको थियो । उनलाई सोही ऐनका दफा २१९ ९३० ९ङ० बमोजिम सजाय निर्धारण हुनेछ । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।>
>>