विश्वकपअघि पर्याप्त तयारी, नतिजाको प्रतीक्षा

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२३ वैशाख २०८१

तीन महिना अन्तर्राष्ट्रिय क्रिकेटमा ब्यस्त हुँदै नेपालले आईसीसी टी–२० विश्वकप २०२४ को तयारी पूरा गरेको छ ।

गत फागुनमा क्यानडासँग तीन खेलको ओडीआई सिरिजदेखि वेष्टइण्डिज ए सँग पाँच खेलको टी–२० सिरिजसम्मको अभ्यास र तयारीपछि नेपाल विश्वकप खेल्न जान तयार भएको छ । यो तयारीपछि विश्वकप खेल्न गएको नेपाली टोलीबाट समर्थक र शुभचिन्तक शानदार प्रदर्शनको अपेक्षा गर्नेछन् । तीन टेष्ट टोली र एसोसिएटको शीर्ष टोलीविरुद्ध विश्वकपमा नेपाली टोलीको प्रदर्शन भने प्रतीक्षाकै विषय बनेको छ ।

टी–२० विश्वकपमा नेपाल रहेको समूह डी मा श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स र दक्षिण अफ्रिका छन् ।




प्रतिक्रिया

सम्बन्धित समाचार