चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले विश्वकै दुलर्भ एकसिङे गैँडा मर्ने क्रम बढ्न थालेको देखिएको छ ।>
चालु आर्थिक वर्षको १० महिनामा २७ गैँडा निकुञ्जमा मरेका छन् । गत आर्थिक वर्ष २३ वटा गैँडा मरेकोमा चालु आवको १० महिनामा नै २६ गैँडा प्राकृतिक कारणले, १ गैँडा करेन्ट लागेर मरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । अघिल्लो वर्ष तस्करहरूले मारेको र प्राकृतिक कारणबाट सहित २३ गैँडा मरेकोमा चालु आवमा वैशाखसम्म नै २७ गैँडा मरिसकेका छन् । निकुञ्जले विगत डेढ वर्षदेखि गैँडा चोरी सिकारी शून्य वर्ष मनाउँदै आइरहेको बेला प्राकृतिक कारणले गैँडा मर्ने संख्या भने बढेको छ । गत ८ साउनमा करेन्ट लागेर एउटा गैँडा मरेको थियो । त्यस्तै गरी ७ भदौमा दुई महिनाको भाले गैँडा प्राकृतिक कारणले मरेको निकुञ्जले दाबी गरेको छ । >
निकुञ्जले दिएको विवरण अनुसार साउन, भदौ र असोजमा २/२ वटा, कात्तिकमा ४, मंसिरमा २, पुसमा १, माघमा ३, फागुन र चैतमा ४/४, वैशाखमा ३ वटा गैँडा मरेका छन् । मर्नेमा २ महिनादेखि ३५ वर्षस्ममका ११ वटा पोथी, ९ वटा भाले र ७ वटाको लिङ्ग पहिचान भएको छैन ।>>