राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखबाट इन्दिरा रानालाइ हटाउन अचम्मको फुर्ती देखाएको टिप्पणी गरे

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
६ भाद्र २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखबाट इन्दिरा रानालाइ हटाउन अचम्मको फुर्ती देखाएको टिप्पणी गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै रास्वपाकी सचेतक निशा डाँगीले यस्तो बताएकी हुन् । उनले भनेकी छन्, ‘जनताका समस्या समाधान गर्न सरकार सुस्त छ । तर उपसभामुखलाई हटाउन चाहीँ अचम्मको फुर्ती देखाएको छ ।’ सरकारले न्याय नभएर पक्षपातको नयाँ मापदण्ड स्थापित गर्दै गरेको उनले बताए ।

विभिन्न मुद्दामा जोडिएका मन्त्री र आफ्ना मान्छेलाई जोगाएर सरकार अगाडि बढिरहेको पनि उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार