जहदा गाउपालिका वडा नं २ मा सामुदायिक बिउ बैंक स्थापना भएको छ । स्थानीयहरुले बाली नालि लगाउनका लागि बिउ बिजनको समस्या खेप्दै आएका थिए । सोमबार एक कार्यक्रमको आयोजना गर्दै , सहयोगी हातहरुको समुह (सहास) नेपालको सहजीकरण र जहदामा गठित समुहहरुको सक्रियतामा बिऊ बैंक स्थापना भएको हो।>
>
>
यो बैंकले कृषिलाई आत्मनिर्भर बनाउँदै दिगो कृषि र रैथाने बालीहरूको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्य राखेको छ । कार्यक्रमका प्रमुख अतिथीको रुपमा जहदा गाउपालिका वडा नं २ का वडा अध्यक्ष चन्द्रशेखर साहले कार्यक्रमको उद्धघाटन गरे । बड्दो हाईब्रीडको प्रयोगलाई निरुत्साहित गर्दै दिगो कृषि अवधारणाको प्रवद्र्धनका लागी स्थानीय बीउको प्रयोगलाई प्राथमिकता दिँदै उच्च गुणस्तरीय बाली उत्पादनमा जोड दिने योजना रहेको छ । रैथाने बालीहरूको संरक्षण, संवद्र्धन, र प्रवद्र्धनः परम्परागत खेती प्रणालीलाई पुनर्जीवित गर्दै कृषकको पहिचान र सांस्कृतिक सम्पदाको संरक्षण गर्नका लागी यस किसिमको कार्यक्रम अगाडि बढाइएको प्रमुख अतिथी चन्द्र शेखरले बताए ।>
कार्यक्रममा कृषि शाखा प्रमुखको पनि उपस्थिीति रहेको थियो । कृषकको अधिकार सुनिश्चितता , कृषकहरूको अधिकारलाई संस्थागत रूपले सशक्त पार्ने तथा उनीहरूको योगदानको उचित मूल्य दिलाउने प्रयास गरिएको छ ।>>
मेनो नाइटको आर्थिक सहयोगमा साहस नेपालले गरेको यो कार्यक्रम अति नै किसानहरूको लागि फलदायी रहेको छ। सम्पूर्ण टिमलाई हार्दिक मङ्गलमय शुभकामना।