काठमाडौंको न्युरोडमा सुनचाँदी व्यवसायीहरूले गरे प्रदर्शन

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२६ जेठ २०८२

काठमाडौंको न्युरोडमा सुनचाँदी व्यवसायीहरूले प्रदर्शन गरेका छन्।

आइतबार बिहान सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सरकारले आगामी बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेको विरोधमा प्रदर्शन गरेको हो। दुवै व्यवस्था फिर्ता हुनुपर्ने माग उनीहरूको छ।

उनीहरूले सुनमा लगाइएको दुई प्रतिशत विलासी कर, हिरा जुवाहरत पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज र उपभोक्ता, कर्मचारी, कालिगढ र व्यवसायीमैत्री ऐन तुरून्त जारी गर्न माग गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार