‘सुनचाँदी व्यवसाय तथा कालिगड बचाउ अभियान २०८१’को नाम दिँदै रिद्धिसिद्धी ज्वेलर्सले ज्याला र जर्तीमा दिएको छुट शंकास्पद भएको भन्दै ९ संगठनले विज्ञप्ति जारी गरेका छन् । >
रत्न व्यवसायी संघ नेपाल, नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ, नेपाल सुनचाँदी कला व्यवसायी संघ, राष्ट्रिय सुनचाँदी कालिगड संघ, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च, काठमाडौं सुनचाँदी व्यवसायी संघ, ललितपुर सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रे र नेपाल रत्न तथा आभूषण संघले संयुक्त रूपमा श्री रिद्धिसिद्धि ज्वेलर्सको छुटको विषयमा खण्डनसहितको विज्ञप्ति जारी गरेका हुन् । >
श्री रिद्धिसिद्धि ज्वेलर्स प्रा.लिका नामबाट सञ्चालित न्युरोडको विशालबजारस्थित पसल नम्बर १ र १० ले ग्राहकलाई ज्याला र जर्तीमा भारी छुट दिने भन्दै विज्ञापन निकालेको थियो । यसले समग्र सुन व्यवसायमा नै संकट उत्पन्न हुने र यो कम्पनीले अवैध रूपमा भित्र्याएको सुन स्टक सक्ने प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ । >
बैंकबाट खरिद गरिएको सुनभन्दा सयौँ गुणा बढीको कारोबारका कारण रिद्धिसिद्धि ज्वेलर्स शंकाको घेरामा रहेको भन्दै छानबिन गर्न समेत सम्बन्धित निकायलाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।>
>>