बिहीबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ तोकेको छ । >
यो मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँ बढी हो । वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २६५ रुपैयाँ पुगेको हो । >
यसअघि सोमबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २ हजार ३१५ रुपैयाँ पुगेको रेकर्ड छ ।>>