आइतबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ । आज सुनको भाउ तोलामा ३00 रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । >
शुक्रबार तोलाको एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । >
शुक्रबार तोलामा १९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।>>