५ बाघको एकसाथ मृत्युबारे अध्ययन गर्न अनुसन्धान सुरु

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१३ असार २०८२

भारतको दक्षिणी राज्य कर्नाटकको संरक्षित जङ्गलमा लोपोन्मुख बघिनी र त्यसका चार वटा बच्चा मृत अवस्थामा फेला परेपछि सरकारले अनुसन्धान सुरु गरेको छ ।

राज्यका वनमन्त्री ईश्वर खान्द्रेले वन्यजन्तुको ‘अप्राकृतिक’ मृत्यु ‘अत्यन्त दुःखद् र पीडा’ को विषय भएको र यसको अनुसन्धानका लागि एक टोली गठन गरिएको बताए । स्थानीय सञ्चारमाध्यमका अनुसार वन अधिकारीहरूले  विषालु आहाराको कारण बाघको सामूहिक मृत्यु भएको आशङ्का गरेका छन् । द टाइम्स अफ इन्डियाका अनुसार बघिनीको आक्रमणबाट केही दिनअघि एउटा गाईको मृत्यु भएको थियो ।

गाईमाथि आक्रमणको आक्रोशमा स्थानीयले गाईको मृत शरीरमा विष हालिदिएको र त्यही खाँदा बघिनीसहित साना डमरुको मृत्यु भएको हुनसक्ने आशङ्का वन अधिकारीले गरेका छन् । ‘कुनै लापरबाही भएको वा कुनै अन्य कारणवश बाघ मरेको हो अनुसन्धान गरी दोषीलाई फौजदारी कारबाही गर्न आदेश दिएका छौँ,’ खान्द्रेले भने । निरन्तर संरक्षण प्रयासहरूले भारतमा बाघको सङ्ख्यामा निरन्तर बढिरहेको भएको छ । पछिल्लो गणनाअनुसार भारतमा तीन हजार ६०० भन्दा बढी बाघ छन्, जुन विश्वको बाघको सङ्ख्याको ७५ प्रतिशत हो ।

तर घट्दो वासस्थान र मानव बस्ती विस्तारले बाघको बस्तीमा हस्तक्षेप भएको वा उनीहरूको जीवनलाई प्रभावित पारेको र पछिल्लो एक दशकमा बाघको आक्रमणमा परी ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार