नेपाल राष्ट्र बैंकद्वारा आज मौद्रिक नीति सार्वजनिक

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
७ श्रावण २०८०

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको हो ।आज आइतबार बिहानदेखि बसेको बैठकले मौद्रिक नीति पारित गरेको हो । मौद्रिक नीति पारितसँगै वेब साइटमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ ।

आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । हाल यो दर ७ प्रतिशत रहँदै आएको थियो । यस्तै राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरेको छ ।

नीतिगत दर घटेपछि बैंकहरुले राष्ट्र बैंकमार्फत लिने अल्पकालीन सापटीमा लागत कम पर्न जानेछ र ब्याज घटाउन बैंकहरूलाई दवाव पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार