राजावादीकाे प्रदर्शनकाे पूवसन्धामा थुनामा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू चाँडै बाहिर आउने बताएका छन् । उनले आफनो फेसबुकमार्फत स्टाटस लेख्दै आफू छिटै थुनाबाट बाहिर आउने बताएका हुन् ।>
चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा ‘जनकमान्डर’ तोकिएका प्रसाईं यतिबेला हिंसात्मक गतिविधि गरेको अभियोगमा थुनामा रहेका छन् । उनी थुनामै रहेकाे अवस्थामा स्वकिय सचिव माधव कल्पितले उनकाे फेसबुकबाट चाँडै बाहिर आउने सन्देश लेखिदिएका हुन् । भाेलि राजावादीहरुले काठमाडाैंमा प्रदर्शन गर्दैछ । उनले लेखेका छन्,’मलाई हजार पटक थुन शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल र दशरथ चन्द्र लाइ झुण्डाएको खरिको बोट काठमाडौंको कुलेश्वर नजिक अझै जीवित छ। त्यहाँ लगेर मलाई हजार पटक झुण्डाउ। >
म नेपाल र नेपाली जनता माथि तिमी अपराधिहरुले गणतन्त्रको नाममा गरेको बरबर अत्याचार, भ्रष्टाचार, तस्करी, साथै तिमीहरुले गरेको एक-एक कुकृत्य विरुद्ध बोली रहने छु, लडिरहने छु।’>>