८४ को चुनावमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिनेछौं : हर्क साम्पाङ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१४ जेठ २०८२

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

बेदाग र इमान्दार व्यक्तिलाई उम्मेदवार बनाउने उनको भनाइ छ । साम्पाङले फेसबुक पेजमा लेखेका छन्, ‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौं । दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्रा उम्मेद्वार बन्नेछन् ।’ १६ मंसिरमा कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनमा साम्पाङले राजमान महर्जन (मानव)लाई समर्थन गरेका थिए ।

कांग्रेस उम्मेदवार कृष्णमान डंगोल मेयर निर्वाचित हुँदा महर्जनले चौथो स्थान हासिल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार