नेपाली बजारमा सुनको भाउमा नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ तोकेको छ ।>
अघिल्लो दिनको तुलनामा आज मूल्य ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । >
फागुन ८ गते पनि सोही मूल्यमा पुगेको थियो । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँमा रहेको चाँदी यस दिन १९७० रुपैयाँमा झरेको छ ।>>